आज साउनको अन्तिम सोमबार हिन्दु धर्मालम्वीहरुले भगवान् शिवको पूजाआजा गरी मनाउँदै

अत्तरिया, ३२ साउन- यो वर्षको साउन महिनाको आज पाँचौँ तथा अन्तिम सोमबार हिन्दू धर्माबलम्बी नारीहरुले भगवान् शिवको पूजा आराधना गरी मनाउँदैछन्।

Ganyapdhura gau
Dadeldhura hospital

साउनको सोमबार शिवको पूजाआजा गर्दा मनोकाक्षा पूरा हुने विश्वासका साथ बिहानैदेखि महिला दिदीबहिनीहरु शिवमन्दिरमा गएर पूजाआजा गर्ने गर्छन । यस वर्ष कोरोनाका कारण केही घरमै पूजाआजा गरि मनाए भने केही भक्तजनहरु शिवमन्दिरमा गएर पूजाआजा गरि मनाएका छन् ।

Navadurga sun
Godawari sandesh

विशेषगरी महिलाहरुले हरियो रंगका वस्त्र, चुरा र मेहंदी लगाएर भगवान शिवको पूजा तथा आराधना गरी ब्रत बस्ने गर्छन। साउन महिनाको सोमबार शिवको प्रिय दिन मानिन्छ। त्यसैले साउनको हरेक सोमबार श्रद्धालुहरुले रातो, हरियो र पहेंलो बस्त्र तथा चुरा–पोते लगाएर शिवको पूजा गर्दछन्। दिनभर व्रत बसेर शिवको पूजा गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ।

Couple
Loading...