युवा नेता लोकराज पाण्डेय (आगो) लाई मातृशोक

अत्तरिया- नेपाली काँग्रेस कैलालीका युवा नेता लोकराज पाण्डेय (आगो) लाई मातृशोक परेको छ ।

कैलालीको गोदावरी नगरपालिका अत्तरिया निवासी आगोको आमा लक्ष्मीदेवी पाण्डेयको ६२ वर्षको उमेरमा आज विहान भारतको राममुर्ति मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो ।

Navadurga sun

उनको आजै मगंलबार विहान ११ बजे आफ्नै घर अत्तरिया देखि गोदावरी आर्यघाटसम्म शवयात्रा हुने परिवारले जनाएको छ ।

ADD Khali jpg
Loading...