


धनगढी । कैलालीमा खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन्। जिल्लाको भजनी नगरपालिका-१ गोदाम टोलबाट सोही ठाउँ बस्ने २० वर्षीय शुसील साउद र २७ वर्षीय बिरेन्द्र बिष्ट खैरो हेरोइनसहित पक्राउ परेका हुन्।


दुबैजनालाई इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले ४ ग्राम ५१० मिलिग्राम खैरो हेरोइनसहित शनिवार फेला पारि नियन्त्रणमा लिएको जनाएको छ।





