रेडक्रस धनगढीद्वारा जनचेतना मुलक तथा माक्स वितरण अभियान सम्पन्न





प्रकाशबहादुर बोहरा
अत्तरिया, २९ साउन- ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता, मास्क लगाउनु नै हो आजको आवश्यकता’ भन्ने मुल नाराका साथ नेपाल रेडक्रस सोसाइटी धनगढी १ नम्बर उपशाखाले धनगढीका विभिन्न वडाहरुमा जनचेतना मुलक तथा माक्स वितरण अभियान अन्तरगत आज (शुक्रबार) सम्पन्न गरेको छ । नेपाल रेडक्रस सोसाइटी धनगढी १ नम्बर उपशाखाद्वारा यही साउन २३ गते देखि २९ गते संचालन गरेको हो ।


उक्त अभियान अन्तरगत आज शुक्रबार अन्तिम दिन नेपाल रेडक्रस सोसाइटी धनगढी १ नम्बर उपशाखाद्वारा धनगढी उपहानगरपालिकाका बिभिन्न चौकहरुमा मास्क बितरण गर्दै सम्पन्न गरिएको छ ।


नेपाल रेडक्रस सोसाइटी धनगढी १ नम्वर उपशाखाका सचिव पारस राज जोशीका अनुसार माक्स वितरणमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सम्पुणर् माहानुभावहरुमा हार्दिक आभार समेत व्यक्त गरेका छन् ।

कार्यक्रममा रेडक्रस उपशाखा १ का सभापती धर्मराज जोशी, सदस्य बालगोपाल गिरी, ओम प्रकाश पाण्डेय, देवराज जोशी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सडकमा हिडडुल गर्ने बटुवाहरुलाई सेनिटाइजरको प्रयोगका साथै मास्क लगाउनु पर्ने जनचेतना तथा मास्क लगाउन प्रेरित गर्दै कार्यक्रम अवधिभर ३ हजार ५ सय मास्क र ५ लिटर सेनिटाइजरको प्रयोग गरीएको धनगढी १ नम्वर उपशाखाका सचिव जोशीले जानकारी दिए ।
भिडीयोमा हेर्नुहोस् :



