बञ्चरो प्रहार गरी श्रीमतीको हत्या

Dadeldhura hospital

धनगढी । कैलालीमा बञ्चरो प्रहार गरेर एकजनाले श्रीमतीको हत्या गरेका छन्। गएराति राति एक बजेतिर चुरे गाउँपालिका–६ मल्लो ढुङ्गेनीकी ४७ वर्षीया हिरादेवी चुनाराको हत्या भएको हो।

Ganyapdhura gau

हत्या आरोपमा उनका श्रीमान् ५५ वर्षीय डम्मर बहादुर चुनारालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार डम्बरले हिरादेवीको टाउकोमा बञ्चरो प्रहार गरेका थिए। बञ्चरो प्रहार गर्ने डम्मरलाई इलाका प्रहरी कार्यालय फल्टुडेले नियन्त्रणमा लिएको छ।

Loading...