प्रधानन्यायाधीशको नियुक्ति र शपथ ग्रहण आज

काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको नियुक्ति र शपथ ग्रहण आज हुँदैछ। राष्ट्रपति रामचन्द्र पौडेलले आज राउतलाई प्रधानन्यायाधीशमा नियुक्त गर्ने र शीतल निवासमा पद तथा गोपनीयताको शपथ खुवाउने कार्यक्रम छ। शपथ ग्रहण कार्यक्रम दिउँसो साढे १ बजे निर्धारण गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

अघिल्ला प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ अवकाश भएपछि राउत प्रधानन्यायाधीश बनेका हुन्। संवैधानिक परिषदको बैठकले ३१ भदौमा राउतलाई प्रधानन्यायाधीश नियुक्त गर्न सिफारिस गरेको थियो। संसदीय सुनुवाइ समितिले १६ असोजमा राउतको नाम अनुमोदन गरेको थियो। उनी साढे एक वर्ष प्रधानन्यायाधीश बन्नेछन्।

 

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...