हेलिकप्टरबाट गर्भवतीको उद्धार

बाजुरा- जिल्ला अस्पताल बाजुरामा प्रसूति सेवाका लागि आएकी एक किशोरीको हेलिकोप्टरबाट उद्धार गरिएको छ । १५ वर्षीया ती किशोरीलाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको हो ।

Ganyapdhura gau
Dadeldhura hospital

सहायक प्रमुख जिल्ला अधिकारी रूपक मण्डलका अनुसार गर्भवतीको स्वास्थ्यस्थिति जटिल भएपछि जिल्ला अस्पतालले उनलाई सुविधासम्पन्न अस्पतालमा लैजान ‘रेफर’ गरेको हो ।

Navadurga sun
Godawari sandesh

जिल्ला प्रशासन कार्यालयको पहलमा महिला तथा बालबालिका मन्त्रालयअन्तर्गत राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत उनको उद्धार गरिएको हो ।

किशोरावस्थाकी गर्भवतीको ज्यान जोखिममा भएकाले उनलाई उद्धार गरिएको हो । हाडनाताकरणीको अभियोगमा किशोरीका मामालाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ ।

Couple
Loading...