बसबाट ओर्लिदा घाईते भएका बालकको मृत्यु

कञ्चनपुर- कञ्चनपुरको पुनर्वासमा विद्यालयको बसबाट ओर्लिने क्रममा लडेर घाईते भएका एक बालकको मृत्युु भएको छ ।

Dadeldhura hospital

शुक्रवार साँझ ५ः३० बजेको समयमा पुनर्वास नगरपालिका–३ स्थित एसपिएल एकेडेमीको बसबाट घर नजिकै ओर्लिने क्रममा हुलाकी सडक खण्डमा लडेर घाईते भएका पुनर्वास–५ ग–गाउँका चक्र खातीका ८ वर्षीय छोरा करन खातीको उपचारका क्रममा शनिवार राति भारतको मेडासिटी हस्पिटलमा मृत्यु भएको हो ।

godawari10 Mahila hinsa
Navadurga sun

ती बालक एसपिएल एकेडेमीको कक्षा १ मा अध्ययनरत थिए । उनको शव पोष्टमार्टमका लागि महाकाली अस्पताल महेन्द्रनगरमा राखिएको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक महेश बिक्रम शाहीले जानकारी दिए ।

विद्यालयको बस र चालक पुनर्वास नगरपालिका–५ का कमल थापालाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि अदालतबाट ५ दिन म्याद थप गरिएको प्रहरी निरीक्षक शाहीले बताए ।

Loading...