भिरबाट लडेर घाइते महिलाको मृत्यु

Dadeldhura hospital

डोटी । डोटीमा भीरबाट लडेर घाइते भएकी महिलाको मृत्यु भएको छ।जोरायल गाउँपालिका–४ नक्कुकी ३४ वर्षीया रोहिता बोहराको उपचारका क्रममा मृत्यु भएको हो।

उनी घरदेखि कैलालीको सहजपुर जानेक्रममा जोरायल–४ स्थित पत्थरखानी भिरबाट लडेर करिब एक सय मिटर तल खसी घाइते भएकी थिइन्। उपचारका क्रममा उनको धनगढीको निसर्ग अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

 

Navadurga sun
Godawari sandesh
Loading...