
अत्तरिया- कञ्चनपुरमा एक जना मृत अवस्थामा भेटिएका छन् । जिल्लाको बेदकोट नगरपालिका वडा नम्बर ३ भम्का स्थित भित्रि सडक खण्डको छेउमा डडेल्धुराको आलीताल गाउँपालिका वडा नम्बर ७ घर भएका ४१ वर्षीय जोगी महरा मृत भेटिएको प्रहरीले जनाएको छ ।



उनी बेदकोट नगरपालिकामा बसोबास गर्दै आएका थिए । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

