प्रकोपका रूपमा फैलियाे भाइरल ज्वरो, गाउँगाउँमा बिरामी

बैतडी- मौसममा आएको परिवर्तन संगै बैतडीका गाउँगाउँमा भाइरल ज्वरोको प्रकोप देखिएको छ । यहाँका अस्पताल, प्राथमिक स्वास्थ्यकेन्द्र, स्वास्थ्यचाैकी,नीजि क्लिनिकहरूमा भाइरल ज्वरोका बिरामीहरु बढेका स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

Ganyapdhura gau

पछिल्लो केही हप्तायता जिल्लाभरिकै स्वास्थ्यसंस्थामा भाइरल ज्वराेका बिरामीकाे चाप बढेकाे स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी विपीन लेखकले जानकारी दिनुभयाे । उहाँले भन्नुभयाे,”मौसममा आएको परिवर्तनसंगै बैतडीका गाउँगाउँमा भाइरल ज्वरोका बिरामी बढेका छन् । प्रकोपकै रूपमा फैलिएको छ ।”

Navadurga sun
Godawari sandesh

जिल्ला अस्पतालमा उपचारका लागि आउने बिरामी मध्ये सबैभन्दा बढी भाइरल ज्वरोका बिरामी रहेका जनाएको छ । अस्पातलका सूचना अधिकारी चन्द्र डाेबालका अनुसार पहिलेकाे तुलनामा हाल भाइरल ज्वराेका बिरामी बढेका छन् । उहाँले भन्नुभयाे,”अहिले अस्पतालमा आउने बिरामी मध्ये सबै भन्दा बढी भाइरल ज्वरोका छन् । त्यसपछि टाइफाइड, श्वासप्रश्वास लगायत,डेंगु, स्क्रब टाइफसको समस्या भएका बिरामी पनि आउने गरेका छन् ।”

प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा उपचारका लागि आउने बिरामी मध्ये ५० प्रतिशत भाइरल ज्वरोका बिरामी रहेका पाटन प्राथमिक स्वास्थ्य केन्द्रका जनस्वास्थ्य निरीक्षक प्रेमसागर भट्टले जानकारी दिनुभयाे । उहाँले भन्नुभयाे,” दैनिक ८० भन्दा बढी बिरामी उपचारका लागि आउने र ती मध्ये बढीजसाे भाइरल ज्वरोका बिरामी आउने गर्दछन् ।”

जिल्लाको मेलौलीस्थित केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा दैनिक ८० जनाको हाराहारीमा भाइरल ज्वरोका बिरामी उपचारका लागि पुग्ने गरेका जनस्वास्थ्य निरीक्षक मुकेशकान्त दयालले जानकारी दिनुभयाे । प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि पुग्ने अधिकांश बिरामी भाइरल ज्वरोबाट संक्रमित रहेका उहाँले बताउनुभयो।

Dadeldhura hospital

जिल्लाको पुर्चौंडी क्षेत्रमा पनि अन्य बिरामीको तुलनामा भाइरल ज्वरोको बिरामीको संख्या बढेको छ । स्वास्थ्य संस्थामा उपचारका लागि पुग्ने मध्ये अधिकांश भाइरल ज्वरोका बिरामी रहेका पुर्चौंडी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुरेन्द्रप्रसाद अवस्थीले बताउनुभयाे ।

मौसम परिवर्तनका साथसाथै अस्वस्थकर खानपीनले पनि भाइरल ज्वरोको संक्रमण बढेको श्रीकाेट स्वास्थ्य चाैकीका ईञ्चार्ज वीरसिंह भाटले बताउनुभयाे । उहाँले भन्नुभयाे,” स्वास्थ्यचाैकीमा उपचारका लागि आउने बिरामीमा भाइरल देखिने गरेकाे छ। ज्वरोका बिरामीहरुमा अन्य संक्रमण पनि हुन सक्ने भएकाले परीक्षण गरेर मात्रै औषधि दिने गरेका छाैं ।”

पछिल्लो समयमा जिल्लामा भाइरल ज्वरो मात्रै नभएर टाइफाइड, स्क्रब टाइफस, डेंगु लगायतका बिरामीहरु पनि फेला परीरहेका छन् ।

ज्वरोका बिरामीहरुले स्वास्थ्य संस्थामा चेकजाँच गराएर मात्रै औषधि सेवन गर्नुपर्ने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्टले बताउनुभयाे ।

ज्वरोका बिरामीहरुले मेडिकलहरुबाट आफूखुसी औषधि किनेर प्रयोग गर्ने भएकाले यसले समस्या बल्झिन सक्ने उहाँको भनाइ छ । जथाभावी औषधिको प्रयोगले मानवको स्वास्थ्यमा गम्भीर समस्या निम्त्याउने भएकाले स्वास्थ्य संस्थामा चेकजाँच गराउनुपर्ने जनाएको छ ।

भाइरल ज्वरो लगायतका प्रकोपकबाट बच्नका लागि शुद्धीकरण गरिएको पानी मात्रै प्रयोग गर्नुपर्ने स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् ।

Loading...