अत्तरिया- कैलालीको गोदावरी नगरपालिकाको अत्तरियामा रहेको मनाङ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औ वार्षिक साधारण सभा तथा पाँचौं चुनावी सभा सम्पन्न भएको छ । शुक्रबार नमस्ते पार्टी प्यालेसमा वार्षिक साधारण सभा तथा पाँचौं चुनावी सभा सम्पन्न गरिएको हाे ।


संस्थाका अध्यक्ष वेद प्रकाश पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि गोदावरी नगरपालिकाका प्रमुख प्रकाशकीय अधिकृत हरिदत्त भट्ट रहेका थिए । त्यस्तै विशिष्ट अतिथिमा नेपाल बचत तथा ऋण सहकारी संस्थाकी दिप्ती शाही थिइन ।


संस्थाको वार्षिक प्रतिवेदन संस्थाका अध्यक्ष पाण्डेले प्रस्तुत गरेका थिए भने लेखा सुपरीवेक्षण समितिको तर्फबाट हरिदत्त भट्टराईले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।
संस्थामा आर्थिक वर्ष २०७९/०८० मा शेयरपूँजी २ करोड १७ लाख ५९ हजार ७ सय रहेकोमा आर्थिक वर्ष २०८०/०८१ मा सो पूँजी २ करोड ३१ लाख ४६ हजार ६ सय रहेको छ । त्यस्तैगरी संस्थाको बचत आर्थिक वर्ष २०७९/०८० मा १० कराेड १६ लाख ९५ हजार ८ सय २० र आर्थिक वर्ष २०८०/०८१ मा आएर ११ करोड ४ लाख ४६ हजार ७ सय २ रहेको छ । संस्थाको गत वर्षको खुदनाफा ४७ लाख २१ हजार ४४ रहेकाे छ भने यस वर्षको खुदनाफा १७ लाख २८ हजार २ सय ८१ रहेको छ ।
कार्यक्रममा बाेल्नुहुँदै प्रमुख अतिथि भट्टले सबै मिलेर सहकारीको विकास गरौँ हामी सहकार्य गर्न तयार छौँ यस क्षेत्रका सहकारीहरूले बिना धितो कर दिएर केही गर्न चाहने व्यक्तिहरूलाई सहयोग गरिरहेका छन् । गोदावरी नगरपालिका सहकारीहरूको विकासको लागि सदैव तत्पर रहने र आफू प्रमुख प्रशासकीय अधिकृतको हैसियतले आफूबाट हुने सहयोग निरन्तर सहकार्यतिर दिने समेत बताएका छन् ।

सभाको समापन गर्दै उक्त सहकारीका अध्यक्ष पाण्डेले संस्थालाई अझै अगाडि बढाउन आफूले सहयोग गर्ने र आज चुनावी सभा भएकोले नयाँ आउने समितिले पनि यसको सम्बर्धनको लागि सहयोग गर्दै जानु पर्दछ प्रदेश स्तरीय सहकारी सदस्य पुरस्कार पाएको यो संस्था अत्तरिया क्षेत्रकै अग्रणी रहेको बताए । नेपालमा केही सहकारीहरूले ठगी गरी सहकारीहरूलाई बदनाम गर्ने काम पनि गरेका छन् । यस्ता सहकारीहरुबाट हामीहरूले बच्नु पर्ने देखिन्छ उनले भने ।
कार्यक्रममा उत्कृष्ट ऋणी जगतनाथ गुप्ता, नियमित बचतकर्ता गणेश केसी र रामदत्त भट्ट साथै शेयर तर्फ शेयर सदस्य सुरज कुमार थापा र योगेश भट्टलाई सम्मान गरिएको थियो । २८ जना शेर सदस्यहरूबाट सुरु भएको यस संस्थाको अहिलेको शेयर सदस्य संख्या ६ सय ८५ रहेको छ। संस्थामा १५ जना कर्मचारीहरू कार्यरत रहेका छन् ।
कार्यक्रममा स्वागत मन्तव्य संस्थाका लेखा समिति संयोजक हरिदत्त भट्टराई प्रस्तुत गरेकाे कार्यक्रमको सञ्चालन संस्थाका मुख्य प्रबन्धक प्रकाश कुमार जोशीले गरेकाे कार्यक्रमका संस्थाका शेयर सदस्य, कर्मचारीहरु लगायतको उपस्थिती रहेको थियो ।
अध्यक्षमा पुनः वेद प्रकाश पाण्डे चयन

संस्थाको अध्यक्षमा पुनः बेद प्रकाश पाण्डेलाई चयन भएका छन् । शुक्रबार सम्पन्न भएको १३ औं वार्षिक साधारण सभा तथा ५ औं चुनावी सभाबाट संस्थाको सञ्चालक समितिको सर्वसम्मत चयन गरेको हो ।
संस्थाको उपाध्यक्षमा जनकराज भट्टराईलाई चयन गरिएको छ यस अघि भट्टराई संस्था सञ्चालक समितिको सचिव रहेका थिए । त्यस्तै सचिवमा निरज कार्की, कोषाध्यक्षमा लक्ष्मी कुमारी भाट चयन भएका छन ।
त्यसैगरी संस्थाका सदस्यहरुमा गोविन्द वि.क., मिना देउवा, बालकृष्ण भट्टराई चयन भएका छन । त्यस्तै संस्थाको सुरज कुमार थापाको संयोजकत्वमा लेखा सुपरिवेक्षण समिति चयन गरेको छ । जसको सदस्यहरुमा आशिष भट्टराई र शंकर बहादुर कुँवर चयन भएका छन ।





