बागलुङको गलकोट नगरपालिका–२ भुङ्खानीमा शुक्रबार बिहान भएको जिप दुर्घटनामा परेर रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढा सहित तीन जनाको निधन भएको छ ।



रा १ झ २०० नम्बरको सरकारी गाडी दुर्घटना हुँदा उपाध्यक्ष बुढासहित तीन जनाको निधन भएको बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले नेपालखबरलाई जानकारी दिए। गाडी काठमाडौँदेखि रुकुम पूर्व जाँदै गरेको अवस्थामा बागलुङमा दुर्घटनामा परेको थियो ।


‘गाउँपालिका उपाध्यक्षको मृत्यु भएको हो । अन्यको शव पहिचानको क्रममा छ,’ उनले भने। सोही दुर्घटनामा परेर अर्की एकजना महिला घाइते भएकी छिन् । घाइते महिलालाई उपचारका लागि अस्पताल पुर्याइएको छ।
दुर्घटना स्थलमा उनको परिचयपत्र समेत भेटिएको उनले बताए। बागलुङको गलकोटतर्फ जाँदै गइरहेको जिप दुर्घटनामा परेको हो । उपाध्यक्ष बुढा नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएकी थिइन् ।





