आरनको कामले जीविका गर्नै कठिन

दार्चुला । बढ्दो आधुनिकीकरणले दार्चुलामा आरन पेशा लोप हुँदै गएको छ। विगत केही वर्षमा हँसिया, कुटो, कोदालो, बञ्चरोलगायत घरेलु औजार निर्माण गर्ने आरन समयअनुसार आधुनिक र व्यावसायिक बनाउन नसक्दा हराउन थालेको छ।

Ganyapdhura gau

शैल्यशिखर नगरपालिका–६ का पदमे लुहार युवा पुस्ताले आरन पेशा गरेर जीविकोपार्जन गर्न मुश्किल भएको बताउँछन्। ‘यसबाट आय आर्जन खासै छैन’, उनले भने, ‘यो पेसा गरेर परिवार पाल्न धौ धौ परेपछि यसप्रति युवा पुस्ताको आकर्षण छैन।’

Navadurga sun
Godawari sandesh

दिनरात काम गरे पनि आरन पेशा गर्नेले उचित पारिश्रमिक पाउँदैनन् । उनीहरुलाई स्थानीय सरकारको पनि कुनै सहयोग छैन। ‘सरकारले आधुनिक आरन उपलब्ध गराएको भए सहज हुने थियो’, लुहार भन्छन्।

Dadhaldhura pur

नयाँ पुस्ताले चासो नदिँदा आरन पेसा हराउँदै गएको स्थनीय तेजुवा लुहारले बताए। राज्यले अन्य पेशा व्यवसायीलाई जस्तै सहयोग र आवश्यक व्यवस्था मिलाइदिए यो पेशामा अडिरहन सहयोग पुग्ने उनको भनाइ छ।

पर्याप्त आम्दानी नहुने र झन्झटिलो हुने हुँदा युवाले आरन पेशा छाड्दै गएको मालिकार्जुन गाउँपालिका(३ का फगिर टमाटा बताउँछन्। पछिल्लो समय युवा पम्परागत पेशाभन्दा पनि वैदेशिक रोजगारका लागि बढी आकर्षित भएको उनको भनाइ छ। दिनभर फलाम पिटेर सामग्री निर्माण गरेअनुसारको ज्याला नपाउने हुँदा आरन पेसा लोप हुन थालेको टमाटा बताउँछन्। औजार बनाएबापत थोरै अन्नको भरमा वर्षभरि औजार मर्मत र निर्माण गर्नुपर्ने अवस्था अहिले पनि कायम रहेको उनले बताए।

आरन पेशा व्यावसायिक बन्न नसक्नु, पेशालाई सम्मान हुने वातावरण नहुनु तथा सरकारले सहयोग नगर्नु जस्ता कारणले यो पेसा ओझेलमा परेको हो। विभिन्न किसिमका औजार उत्पादन गरे पनि बजारको समस्या भएको स्थानीय गोकर्ण लोहारको भनाइ छ। गाउँगाउँ पुगेर बिक्री गरे पनि परिश्रम गरे अनुसारको पैसा नउठ्ने उनी बताउँछन्।

सोह्र वर्षको उमेरदेखि आरनमा काम गर्दै आएका लोहार ७५ वर्ष हुँदासम्म यही पेशामा सक्रिय छन्। परम्परागत रूपमा गर्दै आएको आरन पेशाबाट परिवारको खर्च धान्न समस्या भएको उनको भनाइ छ। यो पेशामा आफ्नो भविष्य खोजी रहेका युवाका लागि आधुनिक मेसिन र बजारीकरणमा स्थानीय सरकारले ध्यान दिनुपर्ने उनको माग छ।

समाजले हेर्न दृष्टिकोण र पेशाको सम्मान नहुँदा युवामा पेशाप्रति आकर्षण घट्न थालेको छ। युवा अरू नै व्यवसाय गर्न र विदेश जान थालेपछि परम्परागत आरन पेशा लोप हुने अवस्थामा पुगेको छ।

 

Couple
Loading...