


धनगढी- कैलालीमा एक पुरुषको मृत्यु भएको छ ।



जिल्लाको गौरिगंगा नगरपालिका ४ राजिपुर स्थित ४ नम्बर वडा कार्यालय नजिक बस्ने ५७ वर्षीय गंगाराम अधिकारीको आज मृत्यु भएको हो । उनी आफ्नै घरको पछाडि मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।


मृत व्यक्ति मानसिक रोगी भई विगत ३ वर्षदेखि औषधि सेवन गरिरहेको प्रहरीले जनाएको छ । घटना स्थलमा प्रहरी सहायक हवल्दार मदन सिह साउदको कमाण्डमा ३ जनाको प्रहरी टोली खटिई अनुसन्धान गरिरहेको जनाएको छ। शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पतालमा पठाइएको छ।





