बैतडीबाट नगद सहित ५ जना जुवाडे पक्राउ

बैतडी- प्रहरीले बैतडीबाट नगद सहित ५ जना जुवाडे पक्राउ गरेकाे छ ।

Dadeldhura hospital

बैतडीको पाटन नगरपालिका–४ मोहनपुरमा ४२ वर्षीय गणेश सिंह बिष्टले सञ्चालन गरेको अन्नपूर्ण होटेलबाट होटल साहु बिष्ट सहित ५ जनालाई पक्राउ गरिएको हाे ।

Navadurga sun
Godawari sandesh

त्यस्तै मदन महरा, मदन सिंह महरा, सुरेश महरा र जगदीश महरालाई पनि पक्राउ गरिएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयो ।

इलाका प्रहरी कार्यालय पाटनबाट खटिएको प्रहरी टोलीले होटेलबाट जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ । पाँचै जनालाई नगद ६२ हजार ७ सय ७० र १ गड्डी ताससहित नियन्त्रणमा लिई सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Loading...