कैलालीको स्याउले बजारमा गौरा पर्व विशेष मेला ७ दिन सम्म सञ्चालन हुने

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका-८ स्याउलेमा गौरा पर्व बिशेष मेला हुने भएको छ । गौरा विशेष मेला विश्वनाथ महादेव मन्दिर परिसरमा हुन लागेको हो ।

बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी गौरा पर्व मेला समितिका संयोजक गोपाल देउवाले भदौ १० गते बाट १६ गते ७ दिन सम्म मेला सञ्चालन हुने भएको गौरा मेला आयोजक समितिले जानकारी दिए ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

गौरा मेला समितिका संयोजक गोपाल देउवाले संस्कृति संरक्षणका लागि गौरा मेला लाग्ने भएको बताए । गौरा मेला विशेष गरी स्थानीय महिलाहरूलाई समेटेर उपसमिति बनाउने र यस क्षेत्रका महिलाहरूले उक्त मेला अवधि भरी आफ्नो देउडा प्रस्तुति गर्ने जनाइएकाे छ ।

उनले स्थानीय कलाकारहरूलाई प्राथमिकता दिएर ३ दिन सम्म स्थानीय कलाकारहरूको प्रस्तुति गराउने साथै ४ दिन सुदूरपश्चिम प्रदेशमा रहेका ९ वटै जिल्लाका विभिन्न ठाँउका चर्चित डेउडा कलाकारहरूलाई आमन्त्रित गराएर प्रस्तुति रहने बताइएको छ ।

उनले यस क्षेत्रमा रहेका विद्यालयका विद्यार्थीहरूलाई पनि संस्कृतिको जगेर्ना गर्न निम्ति सहभागी गराएर उनीहरु भित्र भएको कलालाई प्रदर्शनी गराउने बताए ।

उनले रीतिरिवाज, संस्कृति जोगाउनका निम्ति सञ्चालन गरिने गौरा मेलामा यस क्षेत्रका समाजसेवी, बुद्धिजिवि, व्यवसायी, लगायत सम्पूर्ण सुदूरपश्चिम बासीहरूले सफलतापूर्वक कार्यक्रममा साथ दिई सफल पार्न आग्रह गरे। ७ दिन सम्म संचालन हुने गौरा मेलामा २ देखि ३ लाख सम्म खर्च लाग्ने अनुमान गरिएको बताएका छन ।

Loading...