


धनगढी- धनगढीमा एक किशोरी मृत फेला परेकी छन् । आइतबार धनगढी उपमहानगरपालिका १ मा किशोरी मृत फेला परेकी हुन् ।



कञ्चनपुरको बेलौरी नगरपालिका घर भएर धनगढीमा भाडामा बस्दै आएकी १९ वर्षीया आस्था थापा मृत फेला परेको प्रहरीले जनाएको छ ।


प्रहरीका अनुसार थापा आफू बस्ने कोठाको झ्यालको ग्रीलमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् । उनी शैलेश्वरी स्कुल अफ हेल्थ साइन्समा एचए प्रथप वर्षमा अध्यनरत थिइन् । निकटस्थ स्रोतका अनुसार प्रेम सम्बन्धमा थिइन् । अहिले प्रहरीले भने घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।





