


बैतडी- अवैध दुई मोटरसाइकल सहित बैतडीमा चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको शिवनाथ गाउँपालिका ६का त्रिलोकसिंह धनाडी र पाटन नगरपालिका ६ का अशोक बिष्ट रहेका छन् ।


बिशेष सूचनाका आधारमा धनाडीले चलाईराखेको सुपप्र ०१००८ प १३७४ नम्बर लेखेको मोटरसाइकल चेकजाँच गर्दा कुनै पनि कागजपत्र नभेटिएको र भारतबाट अवैध रुपमा ल्याएर चलाएको पाइएपछि थप अनुसन्धानका लागि महाकाली भन्सार कार्यालय झुलाघाट पठाइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले बताउनु भयाे ।



यस्तै बिष्टले चोरीको मोटरसाइकल लुकाइराखेको छ भन्ने गोप्य सूचनाका आधारमा प्रहरी टोलीले बिष्टको घरबाट प्रदेश ३–०२–००९ प ०६०७ नम्बर लेखेको मोटरसाइकल नियन्त्रणमा लिएको छ ।
बिष्टलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा उक्त मोटरसाइकल भारतबाट अवैध रुपमा ल्याइएको र कुनै कागजात समेत फेला नपरेको प्रहरी निरीक्षक पाण्डेयले बताउनुभयाे । साथै उक्त मोटरसाइकल बेचबिखनमा संलग्न पाटन ७ का चम्मन भट्ट र वसन्त पाण्डेयलाई समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
बरामद गरिएका मोटरसाइकल सहित उनीहरूलाई थप कारवाहीका लागि महाकाली भन्सार कार्यालय झुलाघाट पठाइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।





