अपि सैपाल सहकारीका बारेमा वास्तविकता बजार र मिडियामा आएको भन्दा फरक छ : अध्यक्ष रोकाया

अत्तरिया- कैलालीको अत्तरियामा रहेको अपि सैपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले संस्था सुरक्षित भएको प्रस्ट पारेको छ । आज (सोमबार) संस्थाकै कार्यालयमा पत्रकार सम्मेलन गरेर संस्थाका अध्यक्ष बसन्त रोकायाले वास्तविकता बजार र मिडियामा आएको भन्दा फरक रहेको बताए ।

‘बजारमा र मिडियामा केही कुरा आएको छ, संस्थामा कार्यरत कर्मचारी बिना (चौधरी) योगी संग जोडिएको संस्थागत पैसा ८ लाख मात्रै हो । त्यो पनि उनले ऋण लिएको ३ लाख र अन्य बचतकर्ताको हो । त्यो हामी उठाउँछौ नै अब उनले बाहिर गरेको कारोबारको जिम्मेवारी संस्थाले लिन सक्दैन,’ अध्यक्ष रोकायाले भने ।

godawari10 Mahila hinsa
Navadurga sun

त्यस्तै उनले संस्थागत केही कमि कमजोरी भए आफुहरु सच्याउन तयार रहेको बताए । ‘१५ वर्ष पुरानो संस्था हो र यो सबैको संस्था पनि हो । बाहिर बजारमा हल्ला गरिए जस्तो अवस्था होइन । त्यसैले अरु कुरा भन्दा पनि बचतकर्ताको पैसा सबै सुरक्षित नै छ । कतिपय कुरामा बचतकर्ता स्वयं सजग बन्नु पर्छ,’ उनले भने ।

Dadeldhura hospital

संस्थाका ऋण संयोजक बालकृष्ण प्रसाईंले कार्य समितिका कुनै पनि पदाधिकारीले ऋण नलिएको दाबी गरे । ’कार्य समितिले ऋण लिन पाउँदैन । महिनामा एक पटक हुने बैठक को भत्ता बाहेक अरु लिन नपाउने हाम्रो कानुनमा नै छ । त्यसैले बाहिर त हल्ला कार्य समितिका मान्छेहरुले पैसा लिएर चलाएको भन्ने पनि होला तर त्यो सत्य होइन,’ उनले भने ।

ऋण लिँदा पनि सबै प्रक्रिया पुर्याएर मात्रै दिने गरेको उनले बताए । बजारमा पैसा उठाएर सम्पर्क बिहिन भएको भनिएकी बिनालाई संस्थाले असारमै निलम्बन गरिसकेको संस्थाले जनाएको छ ।

बिना अपि सैपालको सबै भन्दा पुरानो कर्मचारी हुन। उनले बजारमा उठाएको पैसा कसरी र कुन प्रयोजनको लागि लिइएको हो भन्ने आफुहरुलाई थाहा नभएको अध्यक्ष रोकायाको भनाई रहेको छ । बिनाको खोजीको लागि संस्थाले कानुनी प्रक्रिया अपनाइसकेको संस्थाले जनाएको छ ।

अपी सैपालमै लामो समय देखी कार्यरत कर्मचारी योगीले गोदावरी नगरपालिका क्षेत्रका व्यवसायीहरूको झण्डै ३ करोड रकम उठाएर फरार भएपछि संस्था माथी पनि विभिन्न टिकाटिप्पणी हुन थालेपछी संस्थाले प्रस्टीकरण दिएको हो ।

Loading...