

बैतडी- बैतडीमा एक युवती मृत अवस्थामा फेला परेकी छन् ।



पाटन नगरपालिका-१० मटेकी १९ वर्षीया बिमला पाण्डेय मृत फेला परेकी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।


घर नजिकैको जंगलमा शुक्रवार दिउँसो २ बजेतिर बिमलाको शव फेला परेको उनले बताए । घटनाको अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।