



अत्तरिया- लागूऔषध मुद्दामा फरार रहेका कैलालीका २ जना पक्राउ परेका छन् । लागूऔषध मुद्दामा १ महिना कैद सजाय तोकिएको धनगढी उपमहानगरपालिका–७ बस्ने १९ वर्षीय गोबिन्द राना र ५ हजार ५ सय जरिवाना तोकिएका टीकापुर नगरपालिका–१ बस्ने २८ वर्षीय संजिप चौधरी मंगलवार पक्राउ परेका हुन् ।


जिल्ला अदालत कैलालीले सजाय तथा जरीवाना ठहर गरेपछि फरार रहेका थिए। फरार रहेका दुबै जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ ।





