धनगढीमा लागूऔषध सहित चार जना पक्राउ

धनगढी- कैलालीको धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँका २२ वर्षीय अर्जुन पार्की लागूऔषध सहित पक्राउ परेका छन् ।

Dadeldhura hospital

उनी ११० मिलिग्राम लागुऔषधसहित आइतबार दिउँसो पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो। यसैगरी, धनगढी–१० घुइयाघाट जयगुरू गणेश इँटाभट्टा नजिकबाट ५५० मिलिग्राम लागुऔषध सहित प्रहरीले ३ जनालाई आइतबार दिउँसो पक्राउ गरेको छ ।

godawari10 Mahila hinsa
Navadurga sun

धनगढी उपमहानगरपालिका–१० घुइयाघाटका ३० वर्षीय नाटुल भन्ने राम मिलन राना, ३४ वर्षीय राजेश राना र धनगढी–३ का २४ वर्षीय सन्नी चौधरी पक्राउ परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई लागुऔषध सहित नियन्त्रणमा लिएको छ ।

Loading...