बाजुरामा ८० प्रतिशत रोपाइँ सम्पन्न

बाजुरा- बाजुरामा ८० प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । जिल्लामा जेठ पहिलो हप्ता देखि धान रोपाइँ सुरु भए पनि लामो समय सम्म परेको खडेरीका कारण असार तेस्रो हप्तासम्म आइ पुग्दा ८० प्रतिशत धान रोपाइँ भएको हो ।

Ganyapdhura gau
Dadeldhura hospital

नौ वटै स्थानीय तहको असार २६ गते सम्म ८० प्रतिशत धान रोपाइँ भएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ । खोला किनार जमिनमा जेठ पहिलो साताबाट सुरु भएको रोपाइँ कुलो नलाग्ने ठाउँमा भने साउन दोस्रो हप्तासम्म धान रोपाइँ हुने गरेको जगन्नाथ गाउँपालिका –२ का वडा स्थानीय कृषक बीसु सार्कीले बताए । उनले भने, “यहाँका अधिकांश जमिनमा सिँचाइको सुविधा छैन । खोला किनारको जमिनमा जेठमै रोपाइँ हुने गरेको भए पनि सिँचाइ सुविधा नभएको ठाउँमा भने आकाशे पानीको भरमा साउन दोस्रो हप्ता रोपाइँ हुन्छ ।”

Navadurga sun
Godawari sandesh

यतिबेला लामो समय देखि परेको खडेरीका कारण यहाँका स्थानीयले जेठमा राखेको धानको बीउ बेर्ना सबै सुकेर नष्ट भएपछि रोपाइँ ढिला भएको सार्कीले बताए । बाजुराको बडिमालिका, बूढीनन्दा, त्रिवेणी, खप्तड छेडेदह, बुढीगङ्गा, गौमुल, स्वामिकार्तिक, जगनाथ, हिमाली लगायतका केही ठाउँमा जेठ दोस्रो हप्ताबाट रोपाइँ सुरु भएको कृषि ज्ञान बाजुराका कार्यालय प्रमुख भूमिराज उपाध्यायले बताए ।

उनले भने, “बाजुरामा २ लाख ३० हजार ३७ हेक्टर जमिन छ । यो मध्ये २८ हजार १३५ हेक्टर मात्र खेतीयोग्य जमिन छ ।” बाजुरामा २७ हजार १६० हेक्टर जमिन छ । यसमध्ये बाजुरामा ७ हजार ३०३ हेक्टर जमिनमा मात्र धान रोपाइँ हुने गरेको प्रमुख उपाध्यायले बताए ।

Loading...