बैतडीका पत्रकार विष्ट युवा पत्रकारिता पुरस्कारबाट सम्मानित

बैतडी- बैतडीका क्रियाशिल पत्रकार विनोद सिंह विष्ट युवा पत्रकारिता पुरस्कार–२०८१ बाट सम्मानित हुनु भएको छ । नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयले विष्टलाई नगद ५० हजार पुरस्कार सहित सम्मान गरेको हो ।

Ganyapdhura gau

राष्ट्रिय समाचार समिति (रासस) का बैतडी समाचारदाता विष्टलाई सिंहदरबारमा बुधबार एक कार्यक्रमको आयोजना गरेर मन्त्रालयका सचिव सुमनराज अर्यालले खादा, प्रमाणपत्र र नगद सहित सम्मान गर्नु भयो ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

युवा सरोकारका विषयमा नेपाली छापा पत्रपत्रिका,रेडियो र अनलाईन समेतबाट समाचार सम्प्रेषण गरी युवा विकासमा पुर्याएको महत्वपूर्ण योगदानको कदर गर्दै पत्रकार विष्टलाई नगद ५० हजार पुरस्कार सहित सम्मान गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले पुरस्कारका लागि गत माघमा आवश्यक कागजपत्रसहित आवेदन आह्वान गरेकोमा र देशभरबाट आएका आवेदन मध्ये मन्त्रालयले गरेको मूल्यांकनको आधारमा विष्ट पुरस्कारको लागि छनौट हुनुभएको थियो।

पत्रकार महासंघ बैतडीका सहसचिव समेत रहनु भएका विष्टले उक्त पुरस्कार पाएपछि खुसी व्यक्त गर्दै पुरस्कारले पत्रकारिता पेसा प्रति थप जिम्मेवार बनाउनुका साथै पेसामै रहिरहन उर्जा मिलेको बताउनु भयो ।

बैतडीको दोगडाकेदार गाउँपालिका ३ श्रीकोट घर भएका पत्रकार विष्ट विगत १३ वर्ष देखि पत्रकारिता पेशामा क्रियाशिल रहनु भएको छ ।

Loading...