सुदूरपश्चिममा तीन दिन सम्म अत्यधिक वर्षा हुने,  उच्च सतर्कता अपनाउन आग्रह

अत्तरिया- सुदूरपश्चिममा तीन दिन सम्म अत्यधिक वर्षा हुने भएको छ । महाकाली बेसिन कार्यालय अत्तरियाले तीन दिन सम्म सतर्क रहन सुदूरपश्चिमबासीलाई आग्रह गरेको छ ।

सो कार्यालयका प्रमुख इ. सञ्जय कुमार साहले तराईका कैलाली र कञ्चनपुर जिल्ला सतर्क रहनु पर्ने र पहाडका सातै जिल्ला डडेल्धुरा, डोटी, अछाम, बाजुरा, बझाङ, दार्चुला र बैतडी उच्च जोखिममा रहेकोले अझ बढी सतर्कता अपनाउनु पर्ने बताए ।

Navadurga sun

महाकाली बेसिनका प्रमुख इ. साहका अनुसार शुक्रबार ११:३० पछिको तीन घण्टामा मात्रै ३६.६ मिलिमिटर पानी परेको छ ।

मनसुन न्यूनचापीय रेखा केही दिन नेपालको दक्षिणी भूभागको आसपास रहने भएकोले २३ गते आइतबार सम्म वर्षा हुने अनुमान जल तथा मौसमविज्ञान महाशाखाले पनि गरेको छ। वर्षाले कैलालीको भजनी क्षेत्र डुबानमा परिसकेको छ। ढल निकास नहुँदा प्रदेशको अस्थायी राजधानी धनगढीका केही टोल पनि डुबानमा छन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...