नमुना विद्यालयका बालबालिकाका लागि नबिल बैँङ्कको सहयोग

धनगढी- कैलालीको धनगढी उपमहानगरपालिकाले सुरु गरेको नगर प्रमुख शैक्षिक गुणस्तर सुधार कार्यक्रममा नबिल बैँङ्कले सहयोग गरेको छ ।

Dadeldhura hospital

उपमहानगरले स्थापना गरेको नगर प्रमुख शैक्षिक सुधार कोषमा नबिल बैँङ्क धनगढी शाखाले ७८ हजार ७ सय ५० रुपैयाँ सहयोग गरेको हो । नमुना विद्यालयमा अध्ययनरत १५ जना बालबालिकाका लागि नबिल बैँङ्कले नगर प्रमुख गोपाल हमाललाई ७८ हजार ७ सय ५० रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।

Navadurga sun
Godawari sandesh

धनगढी उप–महानगरपालिका नगर प्रमुख शैक्षिक गुणस्तर सुधार कार्यक्रम सन्चालनका लागि छनौट भएका नमुना विद्यालयका बालिकाहरूको पोशाकका लागि नगर प्रमुख शैक्षिक सुधार कोषमा उक्त रकम सहयोग गरिएको हो ।

Loading...