कञ्चनपुर- कञ्चनपुरको महाकालीमा बगेर बेपत्ता भएका मजदुरको मृत्यु भएको छ । महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुल निर्माण कम्पनीमा कार्यरत मजदुर माछा मार्न महाकाली गएका बेला बगेर बेपत्ता भएका थिए ।




जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक उमेश जोशीका अनुसार महाकालीमा बगेर सुर्खेतको बराहताल गाउँपालिका–४ साजघाटका धन बहादुर गुरुङ बेपत्ता भएका हुन् ।


गुरुङ आइतवार दिउँसो महाकाली नदीमा माछा मार्न गएको बेला डुबेर बेपत्ता भएका थिए । इलाका प्रहरी कार्यालय दोधरा चाँदनीबाट प्रहरी टोली खटि खोजतलास गर्दा उनलाई साँझ मृत अवस्थामा फेला पारेको जोशीले जानकारी दिए । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।




