उद्योग वाणिज्य महासंघले गर्ने कार्यक्रममा अत्तरिया उद्योग वाणिज्य संघका पदाधिकारी उपस्थित नहुने

अत्तरिया- नेपाल उद्योग वाणिज्य महासंघले सोमबार कैलालीको गोदावरी रिसोर्टमा गर्ने कार्यक्रममा अत्तरिया उद्योग वाणिज्य संघका पदाधिकारी उपस्थित नहुने भएका छन् ।

Dadeldhura hospital

नेपाल उद्योग वाणिज्य महासंघले सोमबार दिउँसो ३ बजे गोदावरी रिसोर्टमा आयोजना गरेको पुँजी बजार शिक्षा तथा जनचेतना कार्यक्रममा अत्तरिया उद्योग वाणिज्य संघका महासचिव, कोषाध्यक्ष सहितका ११ जना पदाधिकारी उपस्थित नहुने भएका हुन् ।

Navadurga sun
Godawari sandesh

संघका अध्यक्ष कल्याण सिंह बोहराले कार्यक्रमको विषयमा कार्यसमितिलाई जानकारी नै नगराई बजारमा चिठि बाँड्ने लगायतका निर्णयमा एकलौटी गरेकोले आफूहरूले अस्वीकार गरेको अत्तरिया उद्योग वाणिज्य संघका महासचिव शंकर खड्काले बताए ।

‘अध्यक्षका नाममा अदालतमा मुद्दा विचाराधीन रहेको हुँदा कार्यसमितिले उहाँको अध्यक्षतामा बैठक बस्न समेत अस्वीकार गर्दै आएको छ, महासचिव खड्काले, भने यो कार्यक्रमका लागि पनि समितिसँग कुनै समन्वय नै नगरी बजारमा चिठी बाँड्ने लगायतका काम भएको रहेछ, अध्यक्षलाई स्वीकार नगरेको अवस्थामा हामी त्यो कार्यक्रममा उपस्थित हुन सक्दैनौ, त्यसैले हामीले अस्वीकार गरेका छौँ ।’ उनले उक्त कार्यक्रम स्थगित गर्न समेत महासंघलाई आग्रह गरेका छन् ।

Loading...