कैलालीका चार विद्यार्थीले ल्याए एसईई मा ४ जिपीए

अत्तरिया- कैलालीका ४ जना विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४ जिपीए अंक प्राप्त गरेका छन्। चार जिपीए अंक ल्याउनेमा गोदावरी नगरपालिकाको अत्तरिया क्षेत्रमा सञ्चालनमा रहेका मात्र ३ विद्यालय रहेका छन् ।

Dadeldhura hospital

गोदावरी २ मा रहेका दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालय, सैनिक आवासीय महाविद्यालय तथा सत्यवती एकेडेमी र टीकापुरको विरेन्द्र विद्या मन्दिरका एक/एक जना विद्यार्थीले ४ जीपीए अंक प्राप्त गरेको शिक्षा विकास तथा समन्वय इकाइ कैलालीले जनाएको छ ।

godawari10 Mahila hinsa
Navadurga sun

दुर्गालक्ष्मी की निकिता अवस्थी, सैनीक आवासीय महाविद्यालयका विकास रावत, सत्यवती एकेडेमी का निर्मल ठगुन्ना तथा विरेन्द्र विद्या मन्दिरका हेमन्त बहादुर साउँदलेजिपीए सहित एसईई उत्तिण गरेका हुन् ।

२०८० सालको एसईई परीक्षामा कैलालीका १८ हजार ६० जना विद्यार्थी सहभागी भएकोमा ५ हजार ४ सय २८ जना मात्रै उत्तीर्ण भएका छन् भने ५ हजार ५० जनाले ग्रेड सुधार परीक्षा दिन पाउनेछन् । परीक्षा १५ चैत देखि २७ चैतसम्म भएको थियो ।

Loading...