आगलागी र फँडानीले वृन्दावन उजाड बन्दै

बैतडी- आगलागी र जथाभाबी वन फँडानीले घना वनका रूपमा रहेको वृन्दावन उजाड बन्दै गइरहेको छ । आगलागीले वृन्दावनमा रहेका लालीगुराँसका बोट जलेका छन् । कतिपय स्थानमा लालीगुराँस र सल्लाका रूख नै ढालिएका छन् ।

Ganyapdhura gau

बैतडी–बझाङ जोड्ने जयपृथ्वी लोकमार्गसँगै जोडिएको सिगास गाउँपालिका–१ को वृन्दावनमा बर्सेनि आगलागी र वन फँडानीका कारण वन उजाड बन्दै गएको वडाध्यक्ष रामचन्द्र ऐरीले बताए । उनले वृन्दावनसँगै जोडिएका श्रीकेदार र सेला सामुदायिक वनमा पनि बर्सेनि आगलागीका घटना हुने गरेको बताए ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

यो वर्ष यहाँका दुई सयभन्दा बढी वनमा आगलागी हुँदा हजारौँ बोट बिरुवा जलेर खरानी भएका छन् । जिल्ला भरि ३७२ वटा सामुदायिक वन छन् । ती मध्ये अधिकांश वनमा आगलागी भएको डिभिजन वन कार्यालय बैतडीको तथ्याङ्क छ । सामुदायिक वनका पदाधिकारीले न आगलागी नियन्त्रण गर्न सकेका छन्, न त वृक्षरोपण गर्ने गरेका छन् ।

आगलागीका कारण क्षति भएका वनमा यो वर्ष सामुदायिक वनका पदाधिकारी बोलाएर जिल्लाभरि ७५ हजार बिरुवा रोप्ने तयारी भइरहेको डिभिजन वन कार्यालयका निमित्त कार्यालय प्रमुख दिलीपकुमार यादवले बताए ।उनले भने, “वृक्षरोपणका लागि डिभिजन वन कार्यालयले नर्सरीमा चाप, टिमुर, ओखर, तेजपत्ता, अमला, रिट्ठा लगायत विभिन्न वनस्पतिका ७५ हजार बोट हुर्काएर रोप्ने तयारी गरेका छौँ । सामुदायिक वन र निजी वनलाई निःशुल्क रूपमा बिरुवा उपलब्ध गराउँदै छौँ ।”

वृक्षरोपणका लागि जिल्ला सदरमुकामले नर्सरी स्थापना गरेको छ । यो वर्ष जिल्लाको पाटन नगरपालिका, सिगास गाउँपालिका–१, मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिकामा आगलागीका धेरै घटना भएका छन् ।

सिगास गाउँपालिका–१ स्थित सेला वनमा आगलागी र खोटेसल्लाको वन बढेका कारण पानीका मुहान सुकेको जनगुनासो आएकाले त्यहाँ वृक्षरोपण गर्ने कार्यक्रम तय भएको डिभिजन वन कार्यालयले जानकारी दिएको छ । सामुदायिक वनले पानी सञ्चित गर्ने र आम्दानी पनि गर्ने खालका वनस्पति रोपेर वन हराभरा बनाउनुपर्ने बताइएको छ ।

Couple
Loading...