कञ्चनपुरमा नहरको पानीमा डुबेर बालकको मृत्यु

कञ्चनपुर- कञ्चनपुरमा नहरको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ । भीमदत्त नगरपालिका–५ तिनतारा स्थित नहरमा डुबेर सोही ठाउँ बस्ने १५ वर्षीय बालक अविरल चन्दको बुधवार मृत्यु भएको हो ।

ती बालक नहरको पानीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए। उनलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट प्रहरी टोली खटिई खोजतलास गर्दा पौडी खेल्ने स्थान देखि ६०० मिटर पूर्व मृत अवस्थामा फेला पारेको कञ्चनपुर प्रहरीले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...