ट्याक्टर चुरेमा दुर्घटना, ३ जना घाईते

अत्तरिया, १७ साउन- धनगढीबाट डोटी गईरहेको ट्याक्टर दुर्घटना भएको छ । आइतबार धनगढीबाट हिडेको ट्याक्टर कैलाली चुरे गाउपालिका ३ मगराउमा दुर्घटना भएको कैलाली प्रहरीले जानकारी दिएको छ ।

Dadeldhura hospital

ट्याक्टर धनगढीबाट सरिया लोड गरेर डोटीको जोरायल जाँदै थियो । जोरायल बस्ने अन्दनजी २६ बर्षीय चालक निर्मल साँउदले चलाएको ट्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । ट्याक्टर सडकबाट करिब ३५० मिटर तल खसेको छ ।

Navadurga sun
Godawari sandesh

दुर्घटना हुँदा चालक, सोही ट्याक्टरमा सवार २४ बर्षीय दिनेश सार्की र २५ बर्षीय जितबहादुर साँउद घाईते भएका छन् । घाईतेहरूलाई उपचारको लागी धनगढी ल्याईएको प्रहरीले जनाएको छ । तीनै जनाको अवस्था गम्भीर रहेको छ ।

Loading...