बैतडीको डिलाशैनीमा अन्तर्राष्ट्रिय काव्य गोष्ठी सम्पन्न

बैतडी- राष्ट्रियता संरक्षण अभियानको आयोजना र डिलाशैनी गाउँपालिकाको मुख्य प्रवर्द्धनमा डिलाशैली–६ गोकुलेश्वरमा आयोजित साहित्य सम्मेलन तथा अन्तर्राष्ट्रिय काव्य गोष्ठी सम्पन्न भएको छ ।

Ganyapdhura gau

दुई दिनसम्म सञ्चालन भएको सम्मेलनमा नेपाल तथा भारतका साहित्यानुरागीको सहभागिता रहेको राष्ट्रियता संरक्षण अभियानका अध्यक्ष हेमबाबु लेखकले बताए। स्थानीय कला, भाषा र संस्कृतिको संरक्षणका लागि आयोजना गरिएको सम्मेलनमा साहित्यका विविध विषयमा छलफल र प्रस्तुति गरिनुका साथै चर्मण्वती सभ्यता बारे जानकारी गराइएको थियो ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

डिलाशैनी गाउँपालिकाका अध्यक्ष सन्तोष प्रकाश जोशीले गङ्गादशहराको दिनलाई चर्मण्वती दिवसका रुपमा मनाउने गरिएको र त्यसैको अवसरमा सम्मेलनको आयोजना गरिएको  बताए । एनले भने, ‘सम्मेलनमार्फत  चर्मण्वती सभ्यताबारे सबैलाई जानकारी दिने र चौलानी तटका पालिकालाई चर्मण्वती सभ्यतामा जोड्ने योजनाका साथ सम्मेलन आयोजना गरिएको हो, सम्मेलन उपलब्धिमूलक रह्यो । 

सम्मेलनमा सहभागी भारतीय साहित्यकार डाक्टर पिताम्बर अवस्थीले साहित्यका माध्यमबाट दुई देशबीचको सम्बन्धलाई बलियो बनाउन भूमिका खेलेको बताए । उनले भने सम्मेलनले साहित्यका माध्यमबाट दुई देशको सम्बन्ध विस्तार र बलियो हुनेछ, अगामी दिनमा पनि यस्तै कार्यक्रमलाई निरन्तरता दिनु आवश्यक छ । सम्मेलनले जारी गरेको घोषणापत्रमा चर्मण्वती सभ्यताको विकास र विस्तारका लागि पहल गर्ने, सोका लागि नीति तथा कार्यक्रम बनाउने लगायतका विषय समेटिएका छन् । बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले सम्मेलनले साहित्यक क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुगेको बताए र मेलनले दुई देशका साहित्यकारको जमघट गराएको छ ।

यसले साहित्यक क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुग्नेमा विश्वास छ । सम्मेलनमा सीमावर्ती भारतका साहित्यकार डा पिताम्बर अवस्थी, डाक्टर अरुणप्रतापसिंह भदौरिया, गायिका भगवती दनुपुरिया, कथक नृत्यकार हेमन्त महाराजलगायतको सहभागिता थियो भने नेपालका तर्फबाट रमेश पन्त मितबन्धु, जगदीश ओझा, गङ्गा बिष्ट, तीर्थराज पाण्डेय, कृष्णदत्त चटौत कान पूर्ण मल्ल, प्रजापति नेगी लगायतको सहभागिता थियो ।  रासस

Couple
Loading...