खानेपानीको मुहानमाथि डोजर चलेपछि सुक्यो खानेपानी

बैतडी- खानेपानीको मुहानमाथि डोजरले सडक खन्दा २८ लाख रुपियाँको लागतमा निर्माण भएको सतबाँझ लिफ्ट खानेपानीको मुहान सुकेको छ । सडक डिभिजन कार्यालयले सतबाँझ–बैतडी जोड्ने दशरथ चन्द लोकमार्गको चौडाइ बढाउने क्रममा डोजर चलाएर जमिन थर्किंदा दुई सय मिटर तल चौपातामा रहेको पानी सुकेपछि खानेपानीको हाहाकार भएको छ ।

Ganyapdhura gau

उपभोक्ताले सडक मुनि खानेपानीको मुहान रहेकाले डोजर प्रयोग नगर्न आग्रह गरे पनि उपभोक्ताको कुराको बेवास्ता गर्दा अचेल पानीको मुहान सुकेको उपभोक्ता देवबहादुर चन्दले बताए ।

Navadurga sun
Godawari sandesh

समुद्री सतहबाट दुई हजार मिटर अग्लो स्थानमा रहेको सतबाँझ बजार क्षेत्रमा पानी आपूर्ति गर्न आठ वर्ष अघि २८ लाख रुपियाँ खर्च गरेर लिफ्ट खानेपानी सञ्चालनमा आएको थियो । नियमित सञ्चालनमा रहेको खानेपानीको मुहान सडककै कारण सुकेको उपभोक्ताको गुनासो छ । मुहान सुकेपछि स्थानीय चिन्तित बनेका छन् ।

Dadeldhura hospital

मुहान माथिबाट सडक खन्दा पानीको धार परिवर्तन भई दुई सय मिटर तल छिरेको उपभोक्ताले बताएका छन् । सडक चौडा पार्ने क्रममा निस्केको ढुङ्गा, माटो टिप्परमा लगेर अन्यत्र फाल्न आग्रह गरे पनि सुनुवाइ नभएको उपभोक्ताको गुनासो छ ।

सडक खन्दा निस्केको माटोसमेत मुहानमै फाल्दा खानेपानीको इन्टेकको सुरक्षाका लागि निर्माण गरेको पर्खालसमेत भत्किएको छ । पानीको हाहाकार भएपछि उपभोक्ताले अहिले कट्नोली खोलाबाट सानो विद्युतीय मोटर जोडेर २० एमएमको पाइपबाट अस्थायी व्यवस्था गरेको छ ।

डोजरले जथाभाबी सडक खन्दा जिल्लाको विभिन्न ठाउँमा खानेपानीका मुहानमा क्षति पुगेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बैतडीका प्रमुख गोविन्द प्रसाद देवकोटाले बताए । विकास निर्माणका आयोजना सञ्चालन गर्दा वातावरणीय प्रभाव मूल्याङ्कन गरेर मात्रै काम अघि बढाउनु पर्ने उनले बताए ।

जिल्लाका १० वटा स्थानीय तहले जिल्लाको ८४ वडामा सडक पुर्‍याउन जथाभावी डोजरको प्रयोग गरेर दुई हजार किलोमिटर सडक खनेको पाइएको जिल्ला समन्वय समिति बैतडीका प्रमुख खगेन्द्र सिंह धामीले बताए ।

Couple
Loading...