यू–१९ सुदूरपश्चिम छनोटको उपाधि बैतडीलाई

बैतडी- वाइवाइ यू १९ एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटको उपाधि बैतडीले जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा कैलालीमाथि ७४ रनको जित निकाल्दै बैतडीले उपाधि जितेको हो ।

Ganyapdhura gau
Dadeldhura hospital

बैतडीले दिएको २३१ रनको लक्ष्य पछ्याएको कैलाली २५.५ ओभरमा १५६ रनमा अलआउट भयो । उसका लागि नरेन साउदले अर्धसतकीय पारी खेल्दै ६२ रन बनाए । म्यान अफ द फाइनल चुनिएका बैतडीका सचिन भट्ट ले ७।५ ओभरमा ४१ रन खर्चिदै ६ विकेट लिए ।

Navadurga sun
Godawari sandesh

यसअघि परशुराम रंग मैदानमा पहिला ब्याटिङ गरेको बैतडीले ४५ ओभरमा २३० रन बनायो । जसमा आयुस चन्दले अविजित ६३,कप्तान नरेन भट्टले ४८,सुमित बुडालले ३८, सचिन भट्टले २६ रन योगदान गरे । कैलालीका लागि डम्बर माझी र भुपेश जोशीले ३/३ विकेट झारे ।

जेठ २० गते देखि सुरु प्रतियोगितामा क्यान आवद्ध प्रदेशका ८ जिल्लाको सहभागिता रहेको थिए । यो छनौटमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीबाट राष्ट्रिय प्रतियोगिता खेल्ने टोली घोषणा गरिने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका प्रमुख छनौटकर्ता दीपेन्द्र भण्डारीले बताए ।

Couple
Loading...