बैतडीमा आफ्नै प्रेमीलाई बिष खुवाउने पक्राउ

बैतडी- सँगै मर्ने, सँगै बाँच्ने बाचा कसम खाएर प्रेम बन्धनमा बाँधिएर विधिवत् विवाहको तयारीमा रहेका एक प्रेमीकाले आफ्नै प्रेमी सहित उहाँका आमाबुवालाई खानामा विष मिसाएर खुवाएर मार्न खोजेको आरोपमा पक्राउ परेकी छन् । पुर्चौडी नगरपालिका–१०, विजयपुरको बिचकिल्ला घर भई प्रेमीको घर सुर्नया गाउँपालिका-५, बरायलको मल्लो कक्सयाली बस्दै आएकी १८ वर्षीया करिश्मा बिस्टलाई बैतडी प्रहरीले पक्राउ गरेको हो ।

Ganyapdhura gau

विषादी मिसिएको खाना खाएपछि सुर्नया गाउँपालिका-५, बरायलको मल्लो कस्सयालीका प्रेमी २२ वर्षीय करन विष्ट, उनका बुवाआमा ५५ वर्षीय कलुवा विष्ट र ५४ वर्षीया माधवी विष्ट अस्पताल भर्ना भएका छन् । करिश्मा र करन बिच प्रेम बसेपछि विधिवत् विवाहको तयारी भइरहेको थियो । प्रेमी करन विष्टकी ठुलीआमाको निधनका कारण विधिवत् विवाह हुन ढिलो भएपछि प्रेमीका गत माघ महिना देखि प्रेमीको घरमा सुर्नया पुगेर बुहारी जस्तै बनेर बसेको परिवारका सदस्यले बताएका छन् ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

हिन्दु परम्परा अनुसार विधिवत् विवाह हुन बाँकी रहे पनि छोराले बुहारी भित्र्याएकोमा घरपरिवार खुसी रहेको परिवारका सदस्यले बाएका छन् । प्रेमी करन विष्टकी ठुलीआमाको वार्षिक पुण्यतीथि पछि विधिवत् विवाह गर्ने तयारी भइरहेका बेला दुखद् घटना भएको करनका ठुलोबुवा मान बहादुर विष्टले बताए । उनले, बिरामी परेका तीन जना आफ्नै भाइको परिवारका सदस्य रहेको बताए ।

“विवाह नहुँदै बुहारी मानेर बसेका थियौँ, तर विष खुवाएर मार्न खोजिन्” उनले भने,“ शुक्रबार साँझ रोटी पकाउँदा पिठोमा विष मिलाएकी रहिछन् । आफूले खाना खाइसकेको भन्दै परिवारका तीन जनालाई मात्र खाना खुवाएको पाइयो । राति ९ः०० बजे खाना खाएर आराम गर्न बसेका बेला छोरा करन र उहाँका आमाबुवाले बान्ता गर्न थालेपछि राति नै एम्बुलेन्स बोलाएर डडेल्धुरा अस्पताल पुगाएका थिए । बुहारी मानेर भित्र्याएकी युवतिले यस्तो गर्लिन् भन्ने सोचेका पनि थिएनौँ ।”

गालीको निहुँमा खानामा विष
प्रहरी नियन्त्रणमा रहेकी युवतिले खानामा विष मिलाएर खुवाएको स्वीकार गरेकी छन् । प्रारम्भिक अनुसन्धानमा युवतिले बाख्राले बाली खाएपछि सासूले गाली गरेका कारण खानामा विष मिलाएको बयान दिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक दीपक गिरीले बताए । उनले भने, “प्रारम्भिक अनुसन्धानमा बाख्राले बाली खाएपछि सासूले गाली गरेका कारण घटना भएको खुल्न आएको छ । ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता गरी विस्तृत अनुसन्धान गरि रहेका छौँ ।”

Couple
Loading...