


अत्तरिया- कैलालीको गोदावरी नगरपालिका–८ स्याउले बजारमा पहिलो पटक शारदा क्रिकेट लिग (एससीएल) को आयोजना हुँदै छ । स्याउलेमा रहेको शारदा विद्या निकेतनको आयोजनामा क्रिकेट लिग आयोजना हुन् लागेको हो ।



प्रतियोगिता यु–१९ उमेर समूहको हुने र कैलाली जिल्ला भरिका एकेडेमी, क्लब, स्कुल एवं कलेजहरूले सहभागिता जनाउन पाउने शारदा विद्या निकेतनका संस्थापक/प्रिन्सिपल रामचन्द्र शाहीले जानकारी दिए । कैलालीमा लुकेर रहेका उमेर समूहका खेलाडीहरूलाई बाहिर ल्याउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको प्रिन्सिपल रामचन्द्र शाहीले जानकारी दिए ।


प्रतियोगितामा विजेता र उपविजेता टिमलाई नगद, ट्रफी र मेडल लगायतका पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद ५ हजार मेडल र ट्रली प्रदान गरिनेछ भने वेस्ट बलर र ब्याटरलाई नगद जनही ३ हजार मेडल र ट्रफी प्रदान गरिनेछ । प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई ५ सय ट्रली, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगिता लिग कम नक आउटको आधारमा सञ्चालन हुनेछ ।
उनका अनुसार प्रेस विज्ञप्ति मार्फत प्रतियोगिताको तयारी सुरु गरिएको र प्रतियोगितालाई सफलता पूर्वक सम्पन्न गर्न सबैको साथ, सहयोग र प्रायोजनको अपेक्षा गरेका छन् ।





