गोदावरी- ८ मा मृतकको परिवारलाई गोदावरी नगरपालिकाकाद्वारा आर्थिक सहयोग

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा न. ८ को खुटिया पुलको नजिकै शिविरमा बस्दै गरेका विपन्न परिवारलाई नगरपालिकाले आर्थिक सहयोग गरेको छ ।

परिवारको आर्थिक अवस्था अत्यन्तै कमजोर रहेकी ९१ वर्षीया विष्णु माया श्रेष्ठको निधन सँगै दु:खद घडीमा परिवार संग काजक्रिया गर्न समेत समस्या हुँदै गर्दा उहाँका छोरा राजु श्रेष्ठलाई गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले १० हजार सहयोग गरेका छन । छोराको श्रीमती पनि मृत्यु भएर बेसाहारा बनेका परिवारलाई नगरपालिकाले सहयोग गरेको छ ।

Navadurga sun

नदी छेउमा गिट्टी कुटेर जिविका चलाउँदै गरेका परिवारको छाट टार्न समेत धौ धौ भएको अवस्थामा हामीले दिँदा किरिया खर्चका लागि राहत हुने सोचेर पालिकाको तर्फबाट सहयोग गरेको जानकारी नगर प्रमुख बिरेन्द्र भट्टले बताएका छन ।

ADD Khali jpg
ADD Khali jpg
Loading...