धनगढीमा फोहोर माथिको कर हटाउन एमालेको माग

धनगढी- धनगढी उपमहानगरपालिकाले फोहोर सकंलनका नाममा लिँदै आएको कर हटाउन नेकपा एमाले धनगढीले माग गरेको छ ।

आज नेकपा एमाले धनगढी उपमहानगर कमिटीले मेयर गोपाल हमाललाई ज्ञापनपत्र बुझाउँदै फोहोर माथि लगाइएको कर हटाउन माग गरेको छ । उपमहानगर कमिटीकी नव निर्वाचित अध्यक्ष अम्बिका बिष्ट मल्लले पछिल्लो समय धनगढी उपमहानगरपालिकाले बिभिन्न क्षेत्रमा लगाएको करबाट नगरवासी आतंकित भएका कारण फोहोरमा लगाइएको कर हटाउन माग गरिएको बताइन् ।

Navadurga sun

जनताका आधारभुत आवश्यकता भित्र पर्ने स्वास्थ्य र सरसफाई जस्तो क्षेत्रमा समेत कर लगाउनु अव्यवहारिक छ ज्ञापनपत्रमा भनिएको छ “स्वास्थ्य र सरसफाई स्थानीय सरकारको प्रमुख दायित्व रहेका कारण उपमहानगर बासीमा दिइने सेवा बारे दायित्वबोध हुन जरुरी छ, आम नागरिकले दैनिक जीवन निर्वाह गर्दा हरेक शिर्षकमा सरकारलाई तिर्दै आएको कर यति धेरै छ की आम्दानी कर, घरबहाल कर, मालपोत, व्यवसाय कर, अनेकौँ शिर्षकमा कर तिरिरहनु परेको छ ।” नागरिकले सबै क्षेत्रमा राज्यलाई कर बुझाए पनि फोहोरको समेत कर लगाउनु अव्यवहारिक रहेको गुनासो बढेपछि उपमहानगरका मेयर गोपाल हमालको ध्यानाकर्षण गराएको उपमहानगर कमिटी अध्यक्ष अम्बिका बिष्ट मल्लले बताइन् ।

नेकपा एमाले हरेक जनताका जनजिविकाका सवालमा विगत बाटै आवाज उठाइरहेको छ उनले भनिन् “जनताका समस्या सम्बोधन होउन, राज्यलेनै जनतालाई हरेक क्षेत्रबाट मारमा पार्ने काम नगरोस्, आफ्नो दायित्व राज्यले पुरा गरोस् भन्ने हाम्रो माग हो, हामी जनतालाई परेका पिर मार्का सधैँ उठाउने छौँ, यस विषयमा मेयर साप गम्भिर हुनुहुने छ भन्ने अपेक्षा लिएका छौँ ।”

ADD Khali jpg
ADD Khali jpg
Loading...