प्रहरीद्वारा अवैध सामान बरामद

Dadeldhura hospital

धनगढी- भारतबाट भन्सार छलेर ल्याइएका अवैध सामान जिल्ला प्रहरी कार्यालय कैलालीले बरामद गरेको छ । आईतबार प्रहरी टोलीले धनगढी उपमहानगरपालिका वडा नम्बर १ स्थित सडकखण्डमा भारतबाट अवैध रूपमा भन्सार छलेर ल्याइएका १ सय ७० थान लेडिज सुट, कुर्ती ९० थान, पाउडर १ सय १५ दर्जन, कोटको अस्तर ४ रोल, कपडा १ थान गरि १ लाख १८ हजार ९ सय बराबरको सामान बेबारिसे अवस्थामा फेला पारेको हो ।

बरामद गरिएका सामानलाई आवश्यक कारवाहीका लागि त्रिनगर भन्सार कार्यालय कैलालीमा पठाईएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले बताए ।

Loading...