गोदावरीमा दुई दिनमा ३ हजार बढीले लगाए कोरोना बिरुद्धको खोप

अत्तरिया, १४ साउन– कैलालीको गोदावरी नगपालिकामा दुई दिनको अबधिमा ३ हजार ६ सय बढीले कोरोना विरुद्धको खोप लगाएका छन् । नगरपालिका प्रत्येक वडामा तोकिएका बिभिन्न खोप केन्द्रहरुवाट बुधवार र बिहिवार गरी दुई दिनमा ३ हजार ६ सय १४ जना स्थानिय नगरबासीहरुले कोरोना बिरुद्धको भेरोसेल खोप लगाएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

Dadeldhura hospital

बुधवार १६ सय ३४ जनाले खोप लगाएका थिए भने आज (बिहीबार) १९ सय ८० जनाले खोप लगाएको नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत उषा भट्टले जानकारी दिइन् । जसमा १८ सय ६२ जना पुरुष र १७ सय ५२ जना महिलाले खोप लगाएको स्वास्थ्य शाखामा कार्यरत भट्टले बताइन् ।

Navadurga sun
Godawari sandesh

गोदावरी नगरपालिकाले बुधवार देखी २१ गते सम्म स्थानियहरुलाई कोरोना खोप लगाउन सुरु गरेको छ । यसका लागी १२ वटै वडामा खोप केन्द्र तोकिएको छ । बुधवार देखी १७ गते सम्म भेरोसेल खोप र १८ गते देखी २१ गते सम्म जोन्सन एण्ड जाेन्सन खोप लगाइने भएको हो ।

भेरोसेल खोप र जोन्सन एण्ड जाेन्सन खोपको झन्डै १० हजार मात्रा आएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । खोप लगाउने कार्यमा लक्षित बर्गलाई प्रथम प्राथमिकता दिएको नगरपालिकाले जनाएको छ ।

Loading...