लत्ताकपडा सहित दुई जना पक्राउ

धनगढी, १४ साउन- कैलालीमा चोरीपैठारीको लत्ताकपडा सहित दुई जना पक्राउ परेका छन् । कैलारी गाउँपालिका वडा नं. २ बसौटीबाट सशस्त्र प्रहरीले झण्डै १ लाख १ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडासहित दुई जनालाई पक्राउ गरेको हो ।

Dadeldhura hospital

पक्राउ पर्नेहरुमा सोही जिल्लाको कैलारी गाउँपालिका वडा नं.२ बस्ने ३६ वर्षीय मायालु चौधरी र सोही गाउँपालिका वडा नं. ३ बस्ने ३६ वर्षिय खुशिराम चौधरी रहेका छन् । भारतबाट अवैध रुपले दुई वटा साईकलमा राखेर नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सहित उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण कैलालीबाट खटिएको सशस्त्र प्रहरी टोलीले पक्राउ गरेको हो ।

Navadurga sun
Godawari sandesh

पक्राउ परेका दुवै जनालाई बरामद लत्ताकपडा तथा साईकलसहित आवश्यक कारबाहीको लागि भन्सार कार्यालय कैलालीमा बुझाइएको छ ।

Loading...