बालविवाह बिरुद्ध शसक्त बन्दै कैलालीका किशोरीहरु

धनगढी- कैलालीको जानकी गाउँपालिका घर भएकी पबित्रा बिक अहिले गाउँ गाउँमा किशोरी सशक्तीकरण अभियानमा जुटेकी छन् । दलित महिला अधिकार मन्चद्वारा सञ्चालित किशोरी सशक्तीकरण परियोजना अन्तर्गत तालिम लिएर गाउँ गाउँमा किशोरीहरुमा चेतना जगाउन उनी सक्रिय छन् ।

जानकी गाउँपालिका वडा नम्बर ३, ६ र ७ मा ५ बर्षदेखि किशोरी सशक्तीकरण कार्यक्रम सञ्चालित छ । बाल बिबाह न्युनीकरण गर्ने उद्देश्य सहित सञ्चालित परियोजनाबाट उनी बालविवाह बारे जनचेता जगाउनुका साथै किशोरीहरुलाई सशक्त बनाउनमा तल्लिन छन् । सरकारी योजना माग देखि काम बारे प्रश्न उठाउन समेत यो परियोजनाले सिकाउँदै छ । बालविवाह रोक्न जनचेतना जगाउनुका साथै लैगिंक हिसां न्यूनीकरण तथा यौन तथा प्रजनन स्वाथ्य सम्बन्धी समेत उनले चेतना जगाउने काम गर्दै आएकी छन् ।

Navadurga sun

सोही ठाउँकी पबित्रा न्यौपानेपनि दलित महिला अधिकार मन्चबाट तालिम लिएर सोही परियोजना अन्तर्गत जानकी गाउँपालिकाका बिभिन्न क्षेत्रमा खटिएकि छन् । उनले बाल बिबाह न्युनीकरण, आत्मरक्षा, किशोरीहरुका लागी यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी तालिम लिएकि छन् । तालिमपछि गाउँमा बालविवाह न्युनीकरण सगैं किशोरीहरुका क्षमता अभिबृद्धी गराउनमा उनी खटिने गरेकी छन् ।

धनगढीमा मुख्य कार्यालय रहेको दलित महिला अधिकार मन्च नेपालले कैलालीको बर्दगोरिया, जानकी गाउँपालिका तथा लम्कीचुहा नगरपालिकामा बालविवाह बिरुद्धको अभियान सञ्चालन गरेको छ । सोही अभियान अन्तर्गत जेठ ८ गते बालविवाह बिरुद्ध सरोकारवालाहरुको भुमिका र आगामी योजना बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो ।

सोही कार्यक्रममा मन्चकी अध्यक्ष साबित्रा घिमिरेले किशोरी शसक्तीकरण परियोजनाले ५ बर्ष पुरा गरेको बताइन् । हाम्रो लक्ष बालविवाह न्युनिकरण गर्ने हो, पालिकाहरु सगंको सहकार्यमा हामीले काम गरिरहेका छौँ उनले भनिन् “हामी सगं सिमित श्रोतका कारण सिमित वडामा काम गर्ने गरेका छौँ, जनप्रतिनिधीहरुले तोकेका वडाहरुमै हामी काम गरिरहेका छौँ, बालविवाह मुक्त पालिका बनाउन स्थानिय तहले बनाएका योजना अन्तर्गत हामी काम गर्छौँ, यो बिचमा भएका कामको समिक्षा र आगामी योजना निर्माण बारे छलफलमा हामी छौँ, पक्कै परियोजनाले राम्रै परिणाम देखाएको छ ।’

कार्यक्रममा जानकी गाउँपालिकाका अध्यक्ष गणेस चौधरीले आगामी दिनमा परिणाम देखिने खालका योजना बनाइरहेको बताए। किशोरी सशक्तीकरण परियोजनाले केही हदसम्म चेतना जगाउने काम गरेको भन्दै चौधरीले अझँ परिणाम आउने खालका योजना बनाउनुपर्ने बताएका हुन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...