दाजु बहिनीको भारतमा शंकास्पद मृत्यु

बैतडी- बैतडीको पुर्चौडी नगरपालिका–४ भोडरका दुई दाजु बहिनीको भारतको कर्नाटकमा शङ्कास्पद मृत्यु भएको छ । बुबा–आमासँग कर्नाटक स्थित गाउँबस्तीमा मजदुरी गरिरहेका नन्दसिंह धानुकको १७ वर्षीय छोरा विक्रम र १५ वर्षीया छोरी शिरिष्माको कर्नाटकमा गत शनिबार शङ्कास्पद मृत्यु भएको नन्दका मावली तर्फका काका जीवन धामीले जानकारी दिए ।

Ganyapdhura gau
Dadeldhura hospital

“दुवै दाजु बहिनीको हत्या गरी स्थानीय खोलामा डुबेर मृत्यु भएको अफवाह फैलाइएको कर्नाटकमा रहेकाले दाबी गरेका छन्”, धामीले भने, “दुवैको शरीरमा चोटपटक देखिन्छ ।” बुबाआमाको आग्रहमा शिरिष्मा १ महिनाअघि र विक्रम करिब ६ महिना अघि मात्रै भारत गएका थिए । मृतक दुवैको शव स्थानीय अस्पतालमा राखिएको उनको भनाइ छ । घटनापछि मृतकका बुबा नन्द सिंह बेपत्ता रहेको बताइएको छ ।

Navadurga sun
Godawari sandesh

“सोमबार नै आफन्तको जिम्मा लगाएर शव दाहसंस्कार गर्ने योजना थियो”, धामीले भने, “तर अझै शव अस्पतालमै छ ।” मृतकका आफन्तले भने घटनाको छानबिनको माग गरिरहेका छन् ।

Couple
Loading...