सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ घटाल थानमा जलधारा

डडेल्धुरा- सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ घटाल थानमा जलधारा लगाइएको छ । शनिबार घटालका कारिन्दाले जलधारा लगाएका हुन् । जलधारा भन्नाले खडेरी पेरका बेला घटाल बाबासँग पानी माग्नका लागि लगाइने पूजा बुझिन्छ। जलधारा लगाउँदा घटाल थानमा रहेको घट्टमाैरामा घटालका कारिन्दाले पानीले भर्ने गरेका छन् ।

Ganyapdhura gau
Dadeldhura hospital

घटालले चाहेमा ५ घडा पानीले पनि घट्टमाैरा भरिने र नचाहे दिनभर पानी हाल्दा पनि नभरिने गरेको स्थानीय देवराज जैसीले बताए । किंवदन्ती अनुसार डोट्याली राजा नागी मल्लकी पुत्रविहीन रानीले भारतको गढवालबाट घटाल देउता दाइजोमा ल्याएको तर देउतालाई अहिले मन्दिर रहेको स्थानबाट दरबार सम्म लैजान नसकिए पछि त्यहीँ नै घटाल बाबा स्थापना गरिएको बताइन्छ । पश्चिमी क्षेत्रमा आस्तिकहरू माझ घटाल बाबाले मनोकामना पूरा गरिदिने जनविश्वास समेत रहेको पाइन्छ ।

Navadurga sun
Godawari sandesh

खडेरी परेको वर्ष स्थानीय वासीले ‘पानी देऊ’ भन्ने नारा लगाउँदै खोलाको पानी लगेर घटालशिलाको घट्टमाैरामा पानी हाल्छन् र वर्षाको कामना गर्छन् । घटाल देवताको उत्पति कहिले र कुन अवस्थामा भयो भन्ने कुरामा एक मत नभए तापनि महाभारतमा वर्णित भीमपुत्र घटोत्कच, यहाँ जुन देवताको रूपमा पूजित छन्, तिनको स्थान पहिले हालको घटाल भन्ने ठाउँमा थियो भन्ने किंवदन्ती रहेको पाइन्छ ।

Couple
Loading...