


धनगढी- कैलालीमा ५ जना फरार प्रतिवादी पक्राउ परेका छन् । बिना इजाजत वनपैदावार ओसार पसार मुद्दामा ३३ हजार ८ सय ५३ जरिवाना ठहर भएका बर्दगोरिया गाउँपालिका–५ बस्ने २८ वर्षीय कर्ण बहादुर कार्की, सोही मुद्दामा २५ हजार १ सय ९७ जरिवाना ठहर भएका बर्दगोरिया गाउँपालिका–१ बस्ने ४४ वर्षीय कमलेस कुमार कठरिया, चोरी मुद्दामा ५ हजार २ सय जरिवाना ठहर भएका गोदावरी नगरपालिका–२ बस्न २१ वर्षीय गणेश पार्की रहेका छन् ।


त्यस्तै चेक अनादर मुद्दामा १ हजार जरिवाना ठहर भएका गोदावरी नगरपालिका–२ बस्ने ३२ वर्षीया निलम जोशी र चेक अनादर मुद्दामा ५ सय जरिवाना ठहर भएका धनगढी उपमहानगरपालिका ५ बस्ने ३३ वर्षीय चक्रबहादुर कलेल पक्राउ परेका छन् ।

