
बैतडी- बैतडीका एक युवकको मलेसियामा मृत्यु भएको छ । मेलौली नगरपालिका—१ का ३२ वर्षीय दिपकसिंह नायकको मलेसियामा मृत्यु भएको हो । नायक सुती रहेको कोठामा विद्युतको तार सर्ट भई आगलागी भएको थियो । उक्त आगलागीमा परेर नायकको मृत्यु भएको खुलेको छ ।



वैदेशिक रोजगारीको सिलसिलामा दिपक विगत ९ वर्षदेखि मलेसियामा काम गर्दै आएका थिए । नायकको शव नेपाल ल्याउन पहल भइरहेको वडा अध्यक्ष सरद नेगीले बताए । दिपको मलेसियामा मृत्यु भएपछि उनको घरपरिवार शोकमा डुबेको छ ।




