

धनगढी- धनगढीको ऐश्वर्य बहुमुखी क्याम्पसमा अध्ययनरत एक छात्राको निधन भएको छ । स्नातक तह दोस्रो बर्षमा अध्ययनरत प्रिती मिश्राको कलिलै उमेरमा निधन भएको क्याम्पसले जनाएको छ ।



बैशाख ५ गते दिपायलबाट धनगढी फर्कने क्रममा मोटरसाइकल दुर्घटनामा परेर गम्भीर घाइते मिश्राको उपचारको क्रममा भारतको नयाँ दिल्ली स्थित अस्पतालमा मृत्यु भएको परिवार स्रोतले जनाएको छ ।


नेपाल राष्ट्र बैंकको परीक्षा दिएर फर्कने क्रममा उनी सवार मोटरसाइकल दुर्घटनामा परेको थियो । विद्यालयले प्रितिको मृत्यु भएपछि आज शोक विदा दिएको छ ।





