प्रादेशिक आयुर्वेद चिकित्सालयबाट १९ हजारले लिए उपचार सेवा

कैलाली- प्रादेशिक आयुर्वेद चिकित्सालय कैलालीले चालु आर्थिक वर्ष २०८०/०८१ को ९ महिनामा १९ हजार ६ सय २९ जना बिरामीलाई उपचार सेवा दिएको छ ।

प्रादेशिक आयुर्वेद चिकित्सालयका डा. दुर्गा प्रसाद ढुङ्गानाका अनुसार सेवा लिनेमध्ये महिलाको सङ्ख्या ११ हजार १२ र पुरुष ८ हजार १७ जना छन् । पूर्वकर्म अर्थात् बाथरोग तथा नसासम्बन्धी विभिन्न रोगको तेल राखेर गरिने उपचार सेवा लिने महिलाको सङ्ख्या ५ हजार ६ सय ३४ र पुरुष चार हजार तीनजना रहेका छन् । 

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

चिकित्सालयबाट ३ हजार ५ सय ३८ महिला र २ हजार ३९ पुरुष बिरामीले प्रयोगशाला परीक्षण गराएका छन् । मलद्वार सम्बन्धी रोगको उपचार लिने महिलाको सङ्ख्या ११ र पुरुष १४ जना रहेको जनाएको छ । 

आर्थिक वर्ष २०७९/०८० मा २९ हजार सात सय ४७ बिरामीले उपचार सेवा लिएका थिए। प्रादेशिक आयुर्वेद चिकित्सालयका मेडिकल सुपरिटेन्डेन्ट तथा बालरोग विशेषज्ञ डा रामकामेश्वर ठाकुरले हाल आयुर्वेद चिकित्सालयमा होमियोप्याथिक, प्याथोलोजी, ल्याब, एक्स–रे, पूर्वकर्म, पञ्चकर्म, शिरोधारा, छारसूत्रद्वारा पायल्स, फिसर, फिस्टुला लगायतको उपचार सेवा दिँदै आएको जानकारी दिए ।

निःशुल्क औषधि वितरण र चिकित्सालयमै जडीबुटी प्रशोधन गरी औषधी उत्पादन गर्न मेसिन जडान भइरहेको डाक्टर ठाकुरको भनाइ छ । अन्य प्रदेशको तुलनामा आयुर्वेदिक क्षेत्रमा सुदूरपश्चिम पछाडि रहेको पाएँ ।

मैले चिकित्सालयलाई मात्रै होइन यस प्रदेशको समग्र आयुर्वेदिक क्षेत्र सुधार गर्ने सोचेको छु, त्यसको सुरुआत चिकित्सालयबाटै थालेको छु, डाक्टर ठाकुरले भने । सुदूरपश्चिम प्रदेशमा सातवटा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, एक अञ्चल आयुर्वेद, ३३ वटा औषधालय र ३० वटा नागरिक आरोग्य सेवा केन्द्र छन् । रासस

Loading...